बुटवल, १२ पुस
तिलोत्तमा जेसिजको १४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट राम बहादुर रोकाको अध्यक्षतामा वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध चयन भएका छन । जसको कार्यकारिणी उपाध्यक्षमा प्रथम पराजुली र प्रकाश पौडेल चयन भएका छन् । त्यसैगरी महासचिवमा दीपक घिमिरे, कोषाध्यक्षमा दिल कुमारी उपाध्याय तथा कानुनी सल्लाहकारमा प्रकाश न्यौपाने ‘बी’ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्ष पदमा राजु खत्री, जेसी धिरेन राकस मगर, भानु भट्टराई र जेसी लक्ष्मण भट्टराई चयन भएका छन् । जेसिस १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वमा सक्षम बनाउने उद्देश्यसहित युवाहरूलाई समाज र राष्ट्र विकासमा सक्रिय रूपमा संलग्न गराउँदै आएको छ ।
नेतृत्व, उद्यमशीलता, सामाजिक सेवा तथा सामुदायिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन समेत गर्दै आएको छ । तिलोत्तमा जेसिज स्थानीय तहमा विभिन्न सामाजिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेर फरक पहिचान बनाएको छ ।





















