Spread the love

बुटवल, १२ पुस ।
स्मार्ट सुरक्षा प्रविधिको बढ्दो मागसँगै नेपाली बजारमा सेवा प्रदान गर्दै आएको जेटकेटेकको टेक्निकल वर्कसप रुपन्देहीमा सम्पन्न भएको छ । चीनको उत्कृष्ट प्रविधियुक्त उत्पादनको नेपालका लागि आधिकारिक वितरक प्लानेट इन्फोसिस प्रालिको आयोजना तथा बुटवल कम्प्युटर प्रालिको संयोजनमा तिलोत्तमामा वर्कसप आयोजना गरिएको हो ।

वर्कसपमा जेटकेटेकका टेक्निकल इन्जिनियर गोथमेन र रचनाले प्रशिक्षण प्रदान गर्दै क्लाउड–आधारित प्रविधि, यसको प्रयोग, व्यवस्थापन तथा प्राविधिक पक्षबारे विस्तृत जानकारी दिएका थिए । जेटकेटेक विश्वका अधिकांश देशहरूमा मल्टिपल उत्पादनहरू उपलब्ध गराउँदै आएको ब्रान्ड हो भने यसको आर एण्ड डी सेन्टर भारतमा रहेको छ ।

प्रशिक्षक इन्जिनियर रचनाका अनुसार बजारमा १५ भन्दा बढी प्रकारका एटेन्डेन्स मेसिन उपलब्ध छन्, जसमा फेस, फिङ्गर र कार्ड सिस्टम समावेश छन् । तीमध्ये ‘के–४०’ मोडल सबैभन्दा बढी रुचाईएको उत्पादन हो ।
कार्यक्रममा ग्रिन टेक्निकल प्रालिका सिइओ मनकृष्ण श्रेष्ठले आफना विक्रेता र प्राविधिकहरुलाई लक्षित गरि कार्यक्रम गरिएको बताए । प्रविधिहरुको क्षमता विकास गर्दै नया भित्रिएका सफटवेयरबारे जानकारी दिने गरि कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा प्लानेट इन्फोसिस प्रालिका सिइओ सुनिल महर्जनले विगत लामोसमय देखी विश्वमा नै लिडिट कम्पनीको रुपमा यो प्रविधि नेपालमा उपभोक्ताबिच रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका लागि आधिकारी बिक्रेता बुटवल कम्प्युटर प्रालिका संचालक विष्णु प्रसाद गौतमले वर्कसपमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट करिब ७० जना सहभागी रहेको बताए । कार्यक्रममा बिक्रेता तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्