बुटवल, १२ पुस ।
बुटवलमा जारी प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधिका लागि गोर्खा ब्याईज क्लब, र जनज्योती युवा क्लबबिच फाईनल हुने भएको छ । युवा खेलाडी स्वर्गिय निशान न्यौपानेको स्मृतिमा गोर्खा ब्याईज स्पोर्टस क्लबको आयोजनामा भएको पहिलो सेमीफाईनलमा जनज्योती युवा क्लबले एन्फा निलोलाई १–० तथा गोर्खा ब्याईज क्लबले झरना स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन ।
देविनगरथित एन्फा एकेडेमी खेलमैदानमा भएको खेलमा जनज्योतीको जितका लागि गोल गर्ने अस्मित शर्मा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।यसैगरि अर्को सेमीफाईनल खेलमा गोर्खा ब्याईजको जितमा सदिप खत्री र निराजन खत्रीले गोल गरे । झरनाको अशोक घर्तीमगरले सान्त्वना गोल गरे । खेलमा सदिप केसी प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।
फाईनल खेल आईतबार दिउसो हुने छ । प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैया, कप तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा २० टिमले भाग लिएका छन ।






















