Spread the love

बुटवल, ११ पुस । पर्यटनका अपार सम्भावना हुँदाहुँदै पनि गन्तव्यको स्पष्ट पहिचान र कमजोर कनेक्टिभिटीका कारण लुम्बिनीको पर्यटन विकास अपेक्षित रुपमा अघि बढ्न नसकेको सरोकारवालाले बताएका छन् । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भए पनि पहुँच मार्ग, यातायात, सूचना प्रवाह र प्रचार–प्रसारको अभाव मुख्य समस्या बनेको उनिहरुको गुनासो छ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ मा शुक्रबार गरिएको ‘पर्यटकीय प्रवेशद्धार र पूर्वाधार लुम्बिनी समृध्दिको आधार’ नारासहित पर्यटन अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले वन ऐन र पर्यटन नीतिलाई परिमार्जनसहित पर्यटकिय क्षेत्रलाई जोड्ने गरि अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा पर्यटन विकास परिषदका रामु जोशीले प्रवद्र्धनका कार्यक्रममा आफुहरु लागेको बताए । लुम्बिनीमा गन्त्यब्य पहिचानको क्रममा ६३० गन्त्यब्य पहिचान भएको बताए । लुम्बिनीलाई नै मुख्य गन्त्ब्य क्षेत्र भएको उनले बताए । लुम्बिनीमा किन पर्यटक बस्दैनन भन्ने कुरामा विगत ३ महिनादेखी आफुहरु अध्ययन अनुसन्धान गर्दा त्यो क्षेत्रमा मायादेवि मन्दिर बाहेक पर्यटक आर्कषित हुने स्थल अभाव रहेको तथ्य भेटिएको बताए । अर्कोतर्फ स्थानियको अपनत्व नहुदा पर्यटक बसाई लम्बाउने नसकिएको उनले बताए । निकट भविष्यमा नै लुम्बिनीमा विशेष दैनिक पुजा चलाउने तयारी आफुहरुले गरेको उनले बताए ।

कार्यक्रममा डा गितु गिरिले लुम्बिनीको पर्यटन विकास हुने सम्भावनाबारे विगत ४ दशकदेखी अध्ययन अनुसन्धान चलेको भएपनि फिल्डमा काम हुन नसकेको उनले दुखेसो गरे । अन्तराष्ट्रिय एयरपोर्ट, पुर्वाधार विकास भएको भएपनि त्यो पर्यटन कनेक्टिभिटीको अभाव देखिएको उनको दाबी छ ।

होटल एशोसियन नेपाल (हान) का केन्द्रिय सदस्य सिपि श्रेष्ठले पर्यटनको विकासको आधारका रुपमा रहेको सेवा उद्योगमा नीजि क्षेत्रको राम्रो लगानी रहेको बताए । नीजि क्षेत्रको यो अरबौको लगानी रहेको होटल ब्यवसायीहरुको पक्षमा सरकारबाट आवश्यक नीतिगत सहयोग जरुरी रहेको उनले बताए । रुपन्देहीमा १० हजार पर्यटकलाई सेवा दिन सकिने सानदेखी पाच तारेसम्मका होटलहरु रहेको उनले बताए ।

कार्यक्रममा मणिमुकुन्द सेन उधान विकास समितिका अध्यक्ष माधव नेपालले एक्सनमा उत्रन ढिला भएको बताए । दशकौ वितिसक्दा पनि अझै छलफलमा नै अलमलमा परिएको उनले दुखेसो गरे । वन नीति र पर्यटन ऐन परिमार्जन नगरि पर्यटन विकास नहुने उनले बताए । यस क्षेत्रमा खुलेका होटलहरुको भविष्य अन्यौलमा परेको उनले बताए । प्रदेशको पर्यटन प्रवर्दनमा ४ करोड बजेट सरकारबाट बिनियोजन गरिनु दुखद भएको बताए । राज्यमा बसेका नेता गण र नेतृत्वबाट नै अब पर्यटन नितिमा सुधार आउने गरि लाग्न उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव खनालले लगानीमैत्री वातावरण र पर्यटनमैत्री वातावरण गराउन सकेमात्र पर्यटन विकास हुन्छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले लुम्बिनीमा पर्यटनको सम्भावनालाई मध्येनजर गर्दै विज्ञबाट समस्या र समाधानका उपाय पहिल्याउने काम गरेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्