बुटवल, १० पुस । एन्फामा युवा खेलाडी स्वर्गिय निशान न्यौपानेको स्मृतिमा बुटवलमा जारी प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा गोर्खा ब्याईज क्लब, भुपु सैनिक जबई स्र्पोटिङ क्लब, अमुवा एफसी र लुम्बिनी सिटि कलेज विजयी भएका छन ।
गोर्खा ब्याईज स्पोर्टस क्लबको आयोजनामा बुधबार भएको खेलमा गोर्खा ब्याईज क्लबले डिफ युथ एफसीलाई ४–१ गोल अन्तरेल पराजित हो । विशाल थापाले आत्मघाती गोलमार्फत गोर्खा ब्याईजलाई खाता खोलाएको थियो । खेलमा निराजन खत्री, विलज पुन, निराजन खत्रीले गोल गरे । डिफ युथ एफसीका लागि बिपिन बोहोराले सान्त्वना गोल गरे । खेलमा बिपिन बोहोरा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा भुपु सैनिक जबई स्र्पोटिङ क्लबले सौभाग्य युथ क्लबलाई पेनाल्टी शुट आउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । भुपु सैनिकका रेशम गुरुङ, तामप्रसाद गुरुङ, मनोज बहादुर खत्रीले गोल गरे । सौभाग्यका धिरज थापा र मनोज थापाले गोल गरे । भुपुसैनिकका गोलकिपर सोनु थारु म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
अर्को खेलमा अमुवा एफसीले न्यू होराईजन स्र्पोटस क्लबलाई ३–१ गोल अन्तरले जित निकालेको हो । अमुवाको जितमा सन्तोष कार्कीले २ तथा सुदिप विश्वकर्माले १ गोल गरे । खेलमा सन्तोष प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा लुम्बिनी सिटि कलेजले ईन्टर स्र्पोटस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा सुमन्द्र ज्ञवाली प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैया, कप तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा २० टिमले भाग लिएका छन ।




















