विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

80
A old man giving speech
Spread the love

बुटवल, प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षबाट प्रयत्न गर्नुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

शिक्षामा लगानी वृद्धि, दलीय हस्तक्षेपको अन्त्य र गुणस्तरीय अनुसन्धानमा जोड दिँदै उनले उच्च शिक्षामा सुधारका लागि गम्भीर गृहकार्य भइरहेको बताइन् । कुलपति कार्कीले विश्वविद्यालय जीवनको एक अत्यन्त महत्त्वपूर्ण मोडमा उभिएको र एउटा शैक्षिक यात्रालाई औपचारिक पूर्णता प्रदान गरेको बताइन् ।

नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने उनको आग्रह थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्