Spread the love

काठमाडौं, २६ असोज ।

बडादशै अन्तर्गत नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको नौ दिनमा नवदुर्गाका विभिन्न स्वरुपको पूजा गर्ने परम्परा अनुसार आज ब्रह्मचारिणी देवीको पूजा गर्न लागिएको हो ।

आज धार्मीक मान्यता अनुसार भक्तजनले घर तथा पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दछन् । धार्मीक मान्यता अनुसार ब्रह्मचारिणी देवी तपस्या त्याग ,संयम र साधनाको प्रतकि हुन् । नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजामा नवदुर्गाका नौवटा स्वरुपको विधिपूर्वक आराधाना गरिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्