बुटवल,२१ असोज ।
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनमा नरिश्वर शर्मा पौडेलको नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको छ । “नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व“ भन्ने मूल नाराका साथसंघलाई उद्योगी–व्यवसायीहरूको साझा र भरोसायोग्य संस्थाको रूपमा विकास गर्न उक्त प्यानलले २० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेको छ।
पौडेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्त प्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दिपक प्रसाद चापागाईँ र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसैगरी कार्यसमिति सदस्य पदहरूका लागि समेत विभिन्न व्यवसायीहरूले उम्मेदवारी दिएका छन् ।
यसैगरी एसोसियट सदस्यहरुमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यहरुमा सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी उमेद्वार रहेका छन् । वाणीज्य सदस्यहरुमा गणेश प्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी रहेका छन् ।
महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी रहेका छन् । खुल्ला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दिपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कुलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उमेदवारी घोषणा गरेका छन् । व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा व्यवसायिक दर्ता, नवीकरण र प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउने, मुख्य बजारको पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधार्ने र बन्द वा विस्थापनको जोखिममा रहेका उद्योगहरूको संरक्षण गर्ने विषयहरू समावेश गरिएका छन्।
साथै निर्माणाधीन सडक, ढल, खानेपानी र विद्युत् आयोजनाहरू समयमै सम्पन्न गराउन दबाब दिने, व्यवसायीको सुरक्षा व्यवस्था मिलाउने, बुटवललाई लुम्बिनी प्रदेशको मुख्य आर्थिक केन्द्रका रूपमा विकास गर्ने र पर्यटन तथा व्यापारको अन्तरसम्बन्ध विस्तार गर्ने लगायतका बुद्धाहरु प्रतिबद्धता पत्र उल्लेख छ । प्रतिबद्धता पत्र केवल चुनावी आश्वासन नभई बुटवलका व्यवसायीको साझा एजेन्डा भएको स्पष्ट पार्दै पौडेल नेतृत्वको टोलीले संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीका आधारमा अघि बढ्दै सम्पूर्ण उद्योगी–व्यवसायीहरूलाई अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपील गरेको छ।
भिडियो रिर्पोट




















