Spread the love

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन इतर समुह अर्थात शेरबहादुर देउवा पक्षले बुटवल उपमहानगरपालिकाको नगर सभापतिमा प्रभा रेग्मी अर्याललाई सर्वसम्मत चयन गरेको छ । मंगलबार भएको आन्तरिक छलफल तथा सहमतिपछि अर्याललाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस रुपन्देहीमा देउवा पक्षका जिल्ला संयोजक गुणाखर भुर्तेलले जानकारी दिए ।

पार्टीको महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला बुटवल नगर सभापतिमा अर्यालको चयन भएकी हुन । नेतृत्वका आकांक्षीहरूबीचको छलफलपछि सहमति जुटाउँदै सर्वसम्मत नेतृत्व चयन गरिएको कांग्रेस रुपन्देही देउवा पक्षले जनाएको छ ।

अर्याललाई सभापतिमा चयन गरेसँगै बुटवलमा देउवा पक्षले नगर तहको संगठन परिचालन र महाधिवेशनका गतिविधिलाई अघि बढाउने तयारी गरेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर स्थानीय तहदेखि प्रदेश तथा केन्द्रसम्म नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्