Spread the love

काठमाडौं,१३ असोज ।

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको भ्रामक खबरको पछि नलाग्न नेपाल मौसम विज्ञान विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

विभागले जारी गरेको सूचनामा भ्रामक खबरप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । विभागले मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सन्जालमार्फत् अपडेट रहन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्