बुटवल,१३ असोज ।
बुटवल उपमहानगरपालिका वडा न. ११ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलि बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो ।
विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्रचार्य शंकर भण्डारीले बताए । उनले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताए ।
उनका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको झन्डै दुई दशकदेखि बुटवलमा पत्रकारिता गरेका पत्रकार विनोद परियारले सहजीकरण गरेका थिए ।उनले विद्यार्थीहरुका लागि समाचारका आधारभूत सैद्धातिक ज्ञान तथा लेखनसिप सम्बन्धी व्यवहारिक अभ्यास गराएका थिए ।
कार्यशालामा सहभागी भएकामध्ये उत्कृष्ट विद्यार्थीहरुलाई थप तालिम दिने विद्यालयका सहप्रचार्य भिम बस्नेतले बताए । पछिल्लो समय ज्ञानपुञ्जले विद्यार्थीहरुको सिकाईलाई फराकिलो बनाउन विभिन्न रचनात्मक कार्यक्रम तथा कार्यशाला गर्दै आइरहेको छ ।





















