Spread the love

बुटवल,१३ असोज ।

बुटवलमा यहि असोज १६ देखि ३१ गतेसम्म हुने रमाइलो बुटवल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजनामा स्थानीय व्यापार, कृषि उत्पादन, कला, संस्कृति तथा मनोरञ्जनलाई एउटै स्थलमा समेट्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवमा विभिन्न प्रकृतिका २५० भन्दा बढी स्टल रहने बुटवलमा पत्रकार सम्मेलन गर्दै म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पाल्देन घलानले बताए । अधिकृत पाल्देनका अनुसार महोत्सवमा कृषिजन्य वस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइने ।

महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ सञ्चालन गरिने आयोजकको दाबी छ । यस्तै, बुटवलमा पहिलोपटक आठवटा ‘बिग बेन’ टावर राखिने तथा हट एयर बेलुनसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रम संयोजक टेकबहादुर गुरुङका अनुसार बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपहप डान्स प्रतियोगिता र टिकटक प्रतियोगितालगायत कार्यक्रमसमेत आयोजना गरिने आयोजकले बताएको छ ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्