काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।
हाल हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने छ । हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाले मौसममा सामान्य बदली रहे पनि अधिकांश क्षेत्रमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ ।





















