Spread the love

बुटवल,१२ असोज ।

प्राकृतिक विपत्तिका कारण रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यापार संघ बुटवलले सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष खिमनारायण पराजुलीले निजी क्षेत्रले उद्यम गर्ने, रोजगारी सिर्जना गर्ने र राज्यलाई कर तिर्ने कामसँगै रक्तदानजस्ता सामाजिक कार्यमा समेत संलग्न हुनु मानवीय कार्य भएको बताए ।

संघका अध्यक्ष लोकनाथ पन्थीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रगतको अभावमा कसैको उपचार प्रभावित नहोस् र कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।केशव पौडेलले संयोजन गरेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदम जीसी, उपाध्यक्ष केशव श्रीष लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्