Spread the love

बुटवल, २ माघ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित रुपन्देहीका पाच वटै क्षेत्रमा कार्यालय स्थापना गरिएको छ । सिद्धार्थनगर नगरपालिकामा क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित विभिन्न पालिकामा पाच वटा निर्वाचन कार्यालयहरु स्थापना गरिएको हो । यसैगरि क्षेत्र नं ४ को कोटहीमाईमा, क्षेत्र नं. ५ को गैडहवा, क्षेत्र नं. २ को बुटवल उपमहानगरपालिका देविनगर र क्षेत्र नं. १ को देवदह शितलनगरमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

बुटवलमा गरिएको कार्यक्रममा रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले निर्वाचन कार्यक्रम राजनीति दलहरुको पर्व भएको बताए । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र शान्ति पूर्ण गराउने दायित्व कर्मचारीहरु र प्रहरीप्रशासनसंगै राजनीतिक दलहरुको पनि भएको उनले बताए । राजनीतिक दलहरुबाट आचार संहिता पालना गरेमा निर्वाचन शान्तिपूर्ण र ७५ प्रतिशत सफलता प्राप्त हुने उनको दाबी छ । राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन पर्वका रुपमा लिदै यसलाई भड्किलो र खर्चिलो नबनाई शालिन र भद्र बनाउन आग्रह गरे ।

रुपन्देहीमा क्षेत्र नं २ मा २४ वटा मतदान स्थान , १३८ वटा निर्वाचन केन्द्र छन । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताहरु सहभागी गराउदा ६४,२५४ पुरुष, ७०७९३ महिला र ३ जना अन्य गरि कुल १,३५, ०५० जना मतदाताहरु रहेको छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्यालसहित विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्