बुटवल, २८ भदौ ।
बुटवलमा सम्पन्न दोस्रो अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको छात्रतर्फ अक्सफोर्ड बोर्डिङ स्कुल र छात्रातर्फ एभरेष्ट इगलिस बोर्डिङ स्कुलले उपाधि चुमेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षणकत्व, रुपन्देही जिल्ला बास्केटबल संघको आयोजनामा आईतबार भएको फाईनलमा छात्रतर्फ अक्सफोर्डले एभरेष्टलाई ५५/४४ अंक तथा छात्रातर्फ एभरेष्टले न्यू होराइजनलाई १०/८ अंकको जित निकाल्दै उपाधि चुमेको हो ।
प्रतियोगितामा छात्रतर्फ अक्सफोर्डका प्रकाश छन्त्याल र छात्रातर्फ एभरेष्टकी श्रृका जोशी उत्कृष्ट खेलाडी घोषित भए । एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष मनिष ह्याजु, बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विष्णु प्रसाद ढकाल, वडा नं. ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ, वडा नं. ११ का रामचन्द्र क्षेत्री, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, भलिबलका राष्ट्रिय प्रशिक्षक अर्जुन घिमिरे, तेक्वाण्डोका प्रशिक्षक राजकुमार पाण्डे, संघका जिल्ला अध्यक्ष राजन कुमार श्रेष्ठले पुरस्कार वितरण गरे ।
देविनगरस्थित भुपुसैनिक खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा ८ छात्र र ८ छात्रा टिमहरुले प्रतिस्पर्धा गरेका थिए ।
भिडियो रिर्पोट





















