Spread the love

दाङ । दाङ प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ उरहरीस्थित हेयर सेलुनबाट उनीहरूलाई पक्राउ गरिएको हो । खानतलासीका क्रममा सेलुन सञ्चालक वर्ष १९ का दीपक वि.क., सोही स्थानमा रहेका वर्ष २१ का आकाश चौधरी, वर्ष २४ का ध्यानी बाँठा मगर र वर्ष २० का राजन के.सी. पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार राजन के.सी.को साथबाट शुद्ध तौल ३ ग्राम १४० मिलिग्राम तथा सेलुनको धरमा लुकाइछिपाइ राखेको अवस्थामा थप १३ ग्राम ३३० मिलिग्राम गरी जम्मा १६ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको छ ।

भदौ २७ गते अपराह्न करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा हेयर सेलुनमा खानतलासी गरेको थियो । पक्राउ परेका चारै जनालाई सम्मानित दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्