Spread the love

बुटवल, २३ भदौ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।

बिध्यार्थिरूको अभियान बाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवि प्रकोप कोष मा जम्मा गरिएको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीले जानकारी दिए । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवाली ले जानकारी दिए ।

विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट कटौती गरी स्वेच्छिक रूपमा रकम जम्मा गरेका थिए। विद्यार्थीहरूले नगद तथा क्यूआरमार्फत समेत सहयोग गरेका थिए। यसरी शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त प्रयासबाट संकलित रकम राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका का.वा अध्यक्ष तेजेन्द्र खनालले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्