देवदह,१८ भदौ ।
देवदहस्थित देवदह इङ्लिस बोर्डिङ हाइस्कुलका विद्यार्थी, शिक्षक तथा कर्मचारीले भोटेकोशी बाढीबाट प्रभावितका लागि १ लाख ४१ हजार ९ सय ५० रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद पौडेलका अनुसार विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीबाट १६ हजार ८ सय ३० रुपैयाँ र विद्यालयका शिक्षक तथा कर्मचारीका तर्फबाट १ लाख २५ हजार १ सय २० रुपैयाँ सहयोग गरेका हुन् । विपद्का कारण प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले विद्यालय परिवारले सहयोग संकलन गरेको प्रिन्सिपल पौडेलले बताए ।






















