काठमाडौ,१८ भदौ ।
गत भदौ १० गते भोटेकोशिमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा सहयोग पु¥याउन अष्ट्रेलियाले विशेषज्ञ ड्रोन सञ्चालक सहितको १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली नेपाल पठाउने भएको छ । अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङका अनुसार टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी तीव्र गतिमा नक्सांकन तथा तस्बिर संकलन गरी नेपाली अधिकारीलाई खोज तथा उद्धारमा सहयोग गर्नेछ ।
टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्य समेत रहनेछन् । यसबाट नेपाली अधिकारीहरूलाई खोज तथा उद्धार अभियान सञ्चालन गर्न सहयोग पुग्ने अष्ट्रेलिया सरकारले जनाएको छ। अष्ट्रेलिया सरकारले नेपालमा ३८ जना अष्ट्रेलियाली अझै सम्पर्कविहीन रहेको जनाएको छ ।
यसअघि नै संकट व्यवस्थापनका लागि १९ जना अष्ट्रेलियाली कर्मचारी नेपाल आइसकेका छन् । उनीहरूमा कन्सुलर तथा मानवीय सहायता अधिकारी, अष्ट्रेलियाली संघीय प्रहरी र रक्षा मन्त्रालयका कर्मचारी रहेका छन्।






















