Spread the love

काठमाडौं,१८ भदौ ।

गत भदौ १० भोटेकोशिमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक दिवस मनाउने  निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार भदौ २२ गते सोमबार नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्