बुटवल, १८ भदौ ।
रसुवा, धादिङ र नुवाकोटमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि गुल्मीको सत्यवती गाउँपालिकाले ३० लाख ९६ हजार ३ सय ९१ रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेयले बताए । विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित यो अभियानमा सबै पालिकाबासीको सहयोगका लागि अपिल गरिएको उनले बताए ।
प्राकृतिक विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग जरुरी रहेको उनले बताए । यसबर्षकाे सम्पुर्ण तिजी कार्यक्रमहरू पनि नगर्न नगराउनसत्यवती गाउँपालिकाका आम नागरिक र संघसंस्थाहरू लाई अनुराेध गरिएकाे छ ।






















