Spread the love

काठमाडौं,१८ भदौ ।

रसुवाको भोटेकोशीमा गत भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्य १ हजार २५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकवटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो । बाढीमा परी ५ हजार १३५ जना घाइते भएको प्रधिकरणले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्