बुटवल, भदौ १६
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ । बुटवलस्थित अस्पतालले अस्पताल र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरि ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो ।
अस्पताल सञ्चालक समितिको मङ्गलवार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख ४८ हजार १२५ रुपैयाँ र बाँकी ६ लाख ६२ हजार ९८३ रुपैयाँ अस्पतालबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष आलमले बताए ।






















