Spread the love

बुटवल, २ भदौ।
नेवा सेवा समाज अर्घाखाँची–रुपन्देहीको नवौ स्थापना दिवस तथा भैरव मूर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले देविनगरस्थित भैरव मन्दिरमा भैरव मूर्ति अनावरण गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पालिकाबाट सबै जाति, धर्म, संस्कृतिको संरक्षणमा सहयोग गर्दै आएको बताए। नया पुस्तालाई लोप हुन लागेको संस्कृतिहरुमध्येको भैरव संस्कृति एक भएको हुदा यसको महत्वपूर्व जगेर्नाको कामको पहल भएको बताए।

कार्यक्रममा संस्थाका अध्यक्ष देविकुमार श्रेष्ठले नेपाल बहुभाषिक, बहुधार्मिक र बहु सास्कृतिक पहिचान बोकेको देश भएको भन्दै आफुहरु नेवा संस्कृतिलाई जगेर्ना गर्ने अभियानमा लागेको बताए। नगरपालिकाबाट समेत मन्दिरमा ८ लाख रुपैया बजेट बिनियोजन भएको उनले बताए।

कार्यक्रममा संस्थाका सल्लाहकार नवराज श्रेष्ठले अर्घाखाँचीबाट बसाईसराई गरि रुपन्देहीमा विभिन्न स्थानमा बसोबास गर्दै आएका नेवार समुदायहरुलाई कोभिड संक्रमणको बेला एकतावद्घ भएको स्मरण गरे। समुदायको विकासमा नेवार समुदायबाट समेत केही योगदान दिने लक्ष्यसहित देविनगरमा मन्दिर निर्माण गरि अघि बढेको बताए। धार्मिक र ऐतिहासिक महत्व बोकेको बुटवलमा भैरवको मन्दिर नरहेको बेला आफुहरुले यो पहल थालेको उनले बताए।

कार्यक्रममा उपाध्यक्ष दुर्गा श्रेष्ठ, नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजीमान श्रेष्ठ, नेवा देय देबु नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठ, संस्थापक अध्यक्ष बाबुराम श्रेष्ठले भैरव नाच, विविध नेवारी कला संस्कृतिहरुलाई जगेर्ना गर्दै महत्वपूर्ण काम संस्थाबाट भएको बताए। भदौ ५ गतेबाट तालिम दिएर भैरवनाचको तयारी भएको छ। मन्दिर निर्माण पुरा भएसंग अब सामाजिक भवन निर्माण गर्ने सोच संस्थाको छ। कार्यक्रममा चन्दादाता, सहयोगीहरुलाई दोसल्ला, प्रशंसापत्रबाट सम्मान गरिएको सचिव दिल प्रसाद श्रेष्ठले बताए।

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्