बुटवल, २ भदौ ।
चलचित्रका पात्रबाट प्रभावित भएर बिजेन्द्रमान श्रेष्ठले कसिलो फिट ज्यान बनाउने सपना बुनेका थिए । पर्दामा देखिएका नायकहरु झै आफुलाई कल्पना गर्ने उनि २०४८ सालमा पाल्पामा सामान्य ब्यायाम थाले । पाल्पाकै श्रीनगर जिम हुदै बुटवलको ओलम्पियासम्मको यात्रामा उनको जिवनमा धेरै बदलाव आयो । आफनो शौखलाई उनले पेशा बनाउने निर्णयमा पुगे । घर परिवारसंग सल्लाह भयो । अनि जन्म भयो बुटवल फिटनेश सेन्टर । बिसं २०६१ सालमा स्थापना भएको हो । उनको आफनो शौखलाई पेशामा बदलिनेमात्र नभई खेलाडीका रुपमा चम्किने राम्रो अवसर सृजना भयो । दैनिक जिममा गरेको मेहनत र निरन्तरताले उनलाई विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितासम्म पुर्यायो ।
उनि छैटौ राष्ट्रिय प्रतियोगितादेखि ९ औ सम्म निरन्तर भाग लिएका छन । २०७१ साल उनलाई निक्कै उपलब्धिमुलक बन्यो । यो वर्ष पोखरामा सम्पन्न पश्चिमान्चल क्षेत्रिय शारीरिक सुगठन प्रतियोगिता र बुटवलश्री दुबै उपाधि जिते । २०७३ मा हङकङमा आर्नल्ड क्लासिक एशिया प्रतियोगितामा भाग लिएर आफनो तौल समुहमा पाचौ स्थान हासिल गरेका थिए । नेपालका विभिन्न जिल्लाहरुमा हुने अधिकाश प्रतियोगितामा उनि र उनको टिमले भाग लिएका छन । बिसं २०७२ सालमा श्रेष्ठ रोज मर्हजनसंग बैवाहिक बन्धनमा बाधिए । योसंगै श्रेष्ठको नया अध्याय शुरु भयो । श्रीमानको जिम शोखले नै आर्कषित भएकी रोज पनि फिटनेश शुरु गरिन । करीब एक वर्षमा पूर्ण रुपमा फिटनेशलाई पेशा बनाईन । उनि स्पेशल जुम्बा क्लासहरुमा निपूर्ण छिन । यसले फिटनेशमा महिलाहरु धेरै भित्रने गरेका छन । महिलाहरु जुम्बा, एरोबिक समेत सिकाउने गरिन्छ । निक्कै लामो र अनुभव बटुलेका श्रेष्ठले बिसं २०७६ मा काठमाण्डौमा नै स्र्पोटस साईन्स ईन्टिच्युटबाट ट्रेनर सर्टिफिकेट हात पारे ।
जिममा केवल वेट उचाल्नेमात्र नभई शरीरको बायोमेकानिक पोस्चरहरुको बारेमा राम्रो ज्ञान दिन जरुरी छ । खानपिन र जिवनशैलीले समेत धेरै प्रभाव पार्छ । जिममा जानु अघि के गर्ने भन्ने स्पष्ट हुनुपर्ने उनको धारणा छ । जिममा फिट हुन, जुम्बा, वेट लस, वेट गेन गर्न सकिने उनि बताउछन । मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको हुदा यो विषयमा राम्रो ज्ञान दिने गुरुको आवश्यक पर्ने उनको तर्क छ । सहरीया जिवनशैलीमा शरीरलाई स्वास्थ्य बनाउन निक्कै महत्व रहेको छ । युवापुस्तामा आर्कषण र सिमित रहेको जिम अहिले गृहिणी महिलादेखि ४० कटेका पुरुषहरुमा समेत धेरै छन । बिहान ५ देखि १० र साझ ४ देखी साढे ८ बजेसम्म चल्छ । रुपन्देहीका अधिकाश जिममा सर्टिफाईड टेनर छन । निशुल्क रुपमा टोलटोलमा गरिदै आएको नृत्य र नियमित फिटनेशमा दिईने ज्ञान एउटै नहुने उनी बताउछन । टिकटक, रिल्समा हेरेरै नया पुस्तामा लहडमा जिम गर्दा धेरै खतरा हुने भन्दै यसबाट ईन्जुरी हुने चान्स धेरै रहने बताउछन । उचाल्ने र शरीरको पोस्चर समेत नमिल्दा समस्या हुन्छ ।
स्कुले जिवनमा नै शारीरिक सुगठनमा आर्कषित चन्द्रमान श्रेष्ठ यसलाई नै पेशा बनाएका छन । घरमै केही सामानहरु जोडेर ब्यायम गर्ने उनि बिस्तारै जिम हाउसमा धाउन थाले । बैदेशिक रोजगारको क्रममा दुबई गएका उनि दुई वर्षमा नै फर्किए । त्यसपछि भने उनि शारीरिक सुगठनलाई कहिलै नछोडने प्रण गरे । बुटवलकै नारायण युवा क्लब, कृष्ण जिममा ब्यायाम गर्दै विभिन्न प्रतियोगितामा भाग लिए । बिसं २०६४ मा मंजिला राजभण्डारीसंग बैवाहिक बन्धनमा बाधिए । श्रीमानको सपनामा मंजिलाको सधै साथ रहयो । प्रतियोगितामा उनि उमेर समुहमा प्रथम भए । जिमको नशा यति लाग्योकी उनि घरमा नै बिसं. २०७१ मा निवोध एरोबिक एण्ड जिम खोले । आफनो शोखबाट ब्यवसायका रुपमा उनले शुरुवात गरे । महेन्द्रनगरमा भएको छैटौ राष्ट्रिय प्रतियोगितामा उमेर समुहमा तेस्रो भए । यसैक्रममा उनी जटिल शारीरिक समस्याबाट ग्रुजिए । ‘कार्डियो गर्दा छातीमा दुख्ने गथ्र्यो ।’– उनले भने । २०७२ सालमा राष्ट्रिय खेलमा भाग लिने क्रममा छातीको समस्या भएका उनि गौतमबुद्ध मुटु अस्पतालमा जाच गर्दा मुटुकै समस्या देखियो । उनि थप जाचका लागि काठमाण्डौ लागे । उनको मुटुको भल्भ ब्लकेजको समस्या देखियो । २०७३ बैशाख ८ गते नै अपरेसन गरे । अब खेल जिवनको उनले आशा मारे । करीब दुई महिना घरमै पूर्ण आराम गरे ।
खेलप्रतिको उनको मायाले फेरि खेलमा फर्कायो । बुटवलमा सम्पन्न सातौ बुटवल श्री तथा प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता २०७५ मा उनि भाग लिए र उपाधि जिते । त्यसपछि २०७५/७६ आठौ राष्ट्रिय खेलमा ८० केजी तौल समुहमा विजेता भए । मिस्टर कपिलबस्तु, मिस्टर हिमालय, मिस्टर काठमाण्डौ लगायत धेरै प्रतियोगितामा उनि भाग लिए । चन्द्रमानसंगै श्रीमति मन्जिला पनि शारीरिक सुगठनमा चासो राख्न लागेकी थिईन । नेवार समुदायको घरपरिवारमा रहेकी उनि घरमा मै जिम हुदा समय निकालेर सहभागी हुने गर्छिन । बिस्तारै छोरा हुर्किएपछि भने उनि २०७१ सालदेखि पूर्ण रुपमा खेलमा लागिन । महिलाहरुको सहभागी कम हुने हुदा पनि यसमा अवसर धेरै थियो । उनले २०७५ मा नै सेकेण्ड बुद्ध क्लासिक प्रदेशस्तरीय प्रतियोगिताको उपाधि हात पारिन । श्रीमान/श्रीमति नै एउटै वर्ष उपाधि हात पार्दा धेरै खुशी भए । अहिले छोरा पनि जिममै छन । नियमित एक्ससाईज गर्छन । चन्द्रमान ०७६ देखी पावर लिफिटङ खेल विकासमा पनि अग्रसर छन । स्वर्गिय रुप कार्की पावर लिफिङ प्रतियोगितामा आफनो तौल समुहमा उनि दोस्रो भए । बिसं २०७९ मा सेकेण्ड रुपन्देही जिल्ला पावरलिफिटङ प्रतियोगिताको भने मंजिलाले उपाधि जितिन । २०८१ मा एनवाईएफसी क्लासिक पावरलिफिङले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा भने उनि चौथो भईन ।
यसैगरि एनवाईएफसीद्धारा काठमाण्डौमा आयोजित एशियन पावरलिफिङ २०८२ मा मास्टर क्याटोगरीमा श्रेष्ठले उपाधि चुमे । शारीरिक सुगठन खेल अन्य खेलभन्दा धेरै महगो छ । यसका लागि निश्चित जिवनशैली र प्रोटिन खानाहरु आवश्यक पर्छ । खेल क्षेत्रलाई आफ्नो पेशा र जीवनशैलीका रूपमा अंगालेर यी जोडी प्रशिक्षकहरू आफैं सफल हुनुका साथै समाजमा स्वास्थ्य र फिटनेसप्रतिको सचेतना फैलाउन पनि सक्रिय छन् । उनीहरूको यही प्रयासले स्वस्थ जीवनशैलीसँगै खेलकुद संस्कृतिको विकासमा समेत योगदान पु¥याइरहेको छ ।
भिडियो रिर्पोट



















