Spread the love

बुटवल, २ भदौ ।
बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ मा नबिन औद्योगिक माबि, होराइजन जीबीएस स्कुल र नयागाउ दोस्रो चरणमा प्रवेश गरेका छन । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा मंगलबार दिउसोको खेलमा नबिनले आयोजक ज्ञानपुञ्ज ई. बोर्डिङ स्कुललाई ९–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेलभर उत्कृष्ट आक्रमण र निरन्तर दबाब कायम राखेको नबिन औद्योगिकका सम्राट हमाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा होराइजन जीबीएस स्कुलले शान्ति नमुना एस.एस.लाई टाइब्रेकरमा २–१ ले पराजित गरेको छ । निर्धारित समयमा खेल बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लागेको हो । होराइजनका सृजन गिरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

तेस्रो खेलमा केरवानी माबि निर्धारित समयमा खेलस्थलमा उपस्थित नभएपछि वाकओभर पाएर श्री नयागाउँ माबिलाई विजयी घोषित गरिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्