रोल्पा,२८ साउन ।
अविरल बर्षापछि खसेको पहिरोले रोल्पाको थवाङमा घरगोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ । सोहि पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।
ब्धबार राति आएको पहिरोले थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घर सहित अन्य ६ वटा घर गोठहरु पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोका कारण २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ।
पहिरोमा १० जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुले बताए । डीएसपी बाखुका अनुसारअन्य ९ जना बेपत्ताको खोजी कार्य जारी रहेको छ।





















