Spread the love

बुटवल, २१ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको गौडेपुल नजिक सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरालगायतका जिल्लातर्फ जाने तथा ती क्षेत्रबाट बुटवलतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सडक डिभिजन कार्यालय पाल्पाको टोलीले आवश्यक उपकरणसहित पहिरो पन्छाएपछि अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

पहिरो पन्छाए पनि सडकमा जोखिम कायमै रहेकाले सवारीसाधनलाई सावधानीपूर्वक आवतजावत गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्