Spread the love

काठमाण्डौ । बालबालिकालाई सामाजिक सञ्जालका जोखिमबाट जोगाउन पर्याप्त कदम नचालेको आरोपमा अमेरिकी प्रविधि कम्पनी मेटालाई न्यू मेक्सिकोका एक न्यायाधीशले थप ५६७ मिलियन अमेरिकी डलर जरिवाना तिराउने आदेश दिएका छन्।

न्यू मेक्सिकोका न्यायाधीश ब्रायन बिड्सचाइडले मेटाका सामाजिक सञ्जाल प्लेटफर्मले बालबालिकालाई हानिकारक सामग्री तथा यौन शोषणको जोखिममा पारेको ठहर गरेका छन्। उनले कम्पनीका गतिविधिले “सार्वजनिक उपद्रव” को अवस्था सिर्जना गरेको बताएका छन्।

अदालतले जरिवानाबाट प्राप्त रकम बालबालिकामाथि हुने यस्ता क्षति न्यूनीकरण तथा बाल सुरक्षाका कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिने कोषमा राख्न आदेश दिएको छ।

यसअघि यही मुद्दामा मेटालाई ३७५ मिलियन अमेरिकी डलर जरिवाना तिराउने फैसला भएको थियो। नयाँ आदेशसँगै उक्त मुद्दामा मेटाले कुल ९४२ मिलियन अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ।

न्यू मेक्सिको राज्यका अधिकारीहरूले सन् २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सलगायत मेटाका प्लेटफर्मले बालबालिकालाई यौन सामग्री तथा यौन अपराधीहरूको सम्पर्कमा पुग्ने जोखिम बढाएको आरोप राज्य पक्षले लगाएको थियो।

अदालतले मेटाको सिफारिस प्रणालीले बाल प्रयोगकर्तालाई हानिकारक सामग्री तथा जोखिमपूर्ण सम्पर्कतर्फ निर्देशित गरेको निष्कर्ष निकालेको छ। मेटाले यसअघि लगाइएको ३७५ मिलियन अमेरिकी डलर जरिवानाविरुद्ध अपिल गर्ने बताउँदै आएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्