Spread the love

बुटवल, २० साउन ।  डिष्ट्रिक ३२५ पि अन्तरगतका रिजन १३ का आठ वटा क्लबहरुको संयुक्त शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले उद्घाटन गर्दै हरेक क्लब मार्फत सिग्नेचर प्रोजेक्ट चलाउन आग्रह गरे । ‘एक एरिया, एक परियोजना’ यो वर्ष प्राथमिकताका साथ संचालन गर्न आग्रह गर्दै प्रत्येक एरियामा एउटा प्रोजेक्ट खोज्ने र अनिवार्य संचालन गर्नुपर्ने बताए । ‘पाच वटै एरियामा यो चल्नेछ ।’– उनले भने । ओरल हेल्थ परियोजना, मिशन १.५ अभियान लगायतलाई जोड दिएर यो वर्ष कार्यक्रम गर्न जरुरी रहेको भन्दै तालिम र अभिमुखिकरणलाई समेत ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा फस्ट फिडिजि मिना पन्थी, पिडिजि अर्जुनमान सैजु, पुरुषोत्तम भक्त प्रधानाङ, बालाराम भट्टराई, डिष्ट्रिक एरिया ४ का एरियाचिफ दिपक गौतम, एरिया कोअर्डिनेटर माधव खनाल, ‘वन एरिया, वन प्रोजेक्ट’ कोअर्डिनेटर संगम न्यौपाने लायनबाद र सामाजिक क्षेत्रमा योगदानबारे प्रकाश पारे । अटिजमका बालबालिकाहरु लक्षित प्ले ग्राउण्ड बनाउने लक्ष्य अनुसार परियोजनालाई डिष्ट्रिकमा लग्ने तयारी रहेको समेत बताए ।

कार्यक्रममा रिजन १३ का रिजनचेयरपर्सन नारायण तिवारीले संस्थामा आवद्ध भएर सामाजिक योगदानमात्र नभई लायनको पहिचानलाई अझ उचो बनाउन जरुरी रहेको बताए । हरेक क्लबबाट ड्रिम प्रोजेक्टका रुपमा दिर्घकालिन परियोजनाहरु अनिवार्य गर्नुपर्ने भन्दै उनले संस्थागत एकताबाट दीर्घकालिन योजना गर्न सकिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्