Spread the love

सर्लाही । सर्लाहीमा प्रहरीले १०९ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडिबाट प्रहरीले गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३ वटा पोकामा प्याक गरिएको करिब १०९ किलो गाँजा (प्लास्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित प्रहरीले कार चालक भारतको सीतामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र सोही ठाउँका कारमा सवार २५ वर्षीय अमन कुमारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध ओसारपसारसम्बन्धी अनुसन्धान भइरहेको छ। बरामद गाँजा, भारतीय कार तथा पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्