काठमाडौं,१८ साउन ।
नेपाली बजारमा आज (सोमबार ) सुन चाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















