Spread the love

बुटवल । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यू’ बुटवलमा सार्वजनिक गरिएको छ । हुन्डाईको आधिकारिक विक्रेता सिद्धि विनायक मोटर कर्प, बुटवलले भित्र्याएको नयाँ भेन्यू बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उज्जवल कसजूले सार्वजनिक गरेका हुन् ।

नयाँ भेन्यूमा बोल्ड डिजाइनसँगै आधुनिक प्रविधि र सुविधालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निसलगायतका डिजाइन विशेषता छन् । इन्टेरियरतर्फ १०.२५ इन्चको कनेक्टेड कार नेभिगेसन तथा मनोरञ्जन प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ जस्ता सुविधा उपलब्ध छन् । प्रदर्शनका लागि अल–न्यू भेन्यूमा १.२ लिटर कप्पा एमपीआई पेट्रोल र १.० लिटर कप्पा टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ ।

कम्पनीका अनुसार यी विकल्पले दैनिक प्रयोगदेखि थप प्रतिक्रियाशील टर्बो प्रदर्शनसम्मको सुविधा प्रदान गर्छन् । नेपाली बजारमा अल–न्यू भेन्यूको सुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी तीन भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। जसमा एचएक्स २ (१,१९७ सीसी), एचएक्स ५ प्लस (१,१९७ सीसी) र एचएक्स ५ डीसीटी (९९८ सीसी) रहेका छन् । बुटवलमा गाडी सार्वजनिक भएसँगै ग्राहकले स्थानीय हुन्डाई सोरुममै पुगेर नयाँ भेन्यूको डिजाइन, इन्टेरियर, प्रविधि तथा ड्राइभिङ विशेषताबारे जानकारी लिन सक्ने सिद्धि विनायक मोटर कर्पका सुनिलकृष्ण कसजूले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्