काठमाडौं,७ असोज ।
असोज ८ गते बिहीबारदेखि असोज १२ गते सम्म टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै आह्वान गरेको हो ।
अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । महासंघले आफ्नो सदस्यहरुलाई यातायात सञ्चालन गर्न सचेत गराएको छ । यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन भनेको छ ।





















