बुटवल, ४ असोज । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शाखाका अध्यक्ष खड्गबहादुर बस्नेतले नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम भट्टराईलाई संघको लोगो अंकित माला लगाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको एक समारोहका बिच संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै औषधी ब्यवसायलाई अन्य पेशा ब्यवसायजस्तो सामान्य सोच्न नहुने बताए । संवेदनशिल पेशा भएको हुदा पनि यसका सदस्यहरु जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा विशेष सल्लाहकार सुनिल श्रेष्ठ, पूर्वअञ्चल अध्यक्ष तथा विशेष सल्लाहकार डा. रोहितराज क्षेत्री, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा विशेष सल्लाहकार शिव ज्ञवालीले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा अग्रज औषधि व्यवसायी महेशमान सिंह, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने र प्रदेशका संस्थापक अध्यक्ष शिव ज्ञवालीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै, क्षेत्रगत संयोजकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसैगरी, निवर्तमान महासचिवले नवनिर्वाचित महासचिवलाई माइन्युट हस्तान्तरण गरेका थिए भने निवर्तमान कोषाध्यक्षले नवनिर्वाचित कोषाध्यक्षलाई आर्थिक अभिलेख, लेखा तथा आवश्यक कागजात हस्तान्तरण गरेका थिए ।



















