Spread the love

बुटवल, १४ साउन ।

योगीकुटी–शान्तिचोकस्थित बम्बई लाउञ्जले आफ्नो प्रथम वार्षिकोत्सव शुभारम्भ भएको छ । कार्यक्रमको एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव कुमार खनालले केक काटेर उद्घाटन गर्दै छोटो समयमै बम्बई लाउञ्जले गुणस्तरीय सेवा, आतिथ्यता र ग्राहक सन्तुष्टिका कारण बुटवलमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले होटल तथा रेष्टुरेन्ट व्यवसायमा सेवा, गुणस्तर र ग्राहकप्रतिको विश्वास नै सफलताको प्रमुख आधार भएको उल्लेख गर्दै थप ग्राहक केन्द्रित सुविधाहरु थप्न आग्रह गरे ।

कार्यक्रममा लाउञ्जका सञ्चालकहरू विष्णु भुसाल, नरेश खत्री र श्रवण खत्रीले एक वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण ग्राहक, शुभेच्छुक, सञ्चारमाध्यम, सुरक्षा निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र पारिवारिक वातावरणमार्फत ग्राहकको विश्वास अझ मजबुत बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रबन्धक भुवन टण्डनले बम्बई लाउञ्जको सफलताको श्रेय ग्राहकको विश्वास, कर्मचारीको मेहनत र सबै पक्षको सहयोगलाई दिँदै आगामी दिनमा सेवा–सुविधा थप परिष्कृत गर्दै लैजाने बताए ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका प्रशान्त पन्थी र एलिसा घर्ती मगरसहित अन्य कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरि कलाकारहरुको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको विशेष छुट योजना शुक्रबार पनि रहने व्यवस्थापनले जनाएको छ । योजना अन्तर्गत सबै खाद्य परिकारमा १५ प्रतिशत छुट, दुई वटा मोकटेल खरिद गर्दा एक वटा निःशुल्क, हुक्कामा १० प्रतिशत छुट, तीन वटा बारासिंघे बियर खरिद गर्दा चिकेन चिल्ली निःशुल्क तथा प्रत्यक्ष सांगीतिक प्रस्तुतिको व्यवस्था गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्