Spread the love

बुटवल,१४ साउन

लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा १६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार पछिल्लो २४ घण्टाको अबधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय ४६ वटा सवारीसाधन माथि कारबाही गरिएको छ । कारबाहीबाट ४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्