काठमाडौं,१४ साउन ।
नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार (सन् २०२२) को गणनामा नेपालमा ३५५ वटा बाघ रहेकोमा यसपटक ७४ वटा थपिएर ४२९ पुगेको हो ।
सार्वजनिक तथ्यांक अनुसार नेपालका प्रमुख निकुञ्जहरूमध्ये चितवनमा १४५ (१७ ले वृद्धि), बर्दियामा ११२ (१३ ले कमी), पर्सामा ७१ (३० ले वृद्धि), बाँकेमा ५१ (२६ ले वृद्धि) र शुक्लाफाँटामा ५० (१४ ले वृद्धि) वटा बाघ पुगेका छन् ।
विभागका अनुसार यसपटक बाघ गणनाका लागि बाँके–बर्दिया कम्प्लेक्सका ६ वटा ब्लकमा तीन महिनाभन्दा बढी समय क्यामेरा जडान गरिएको थियो— जसमा दाङ क्षेत्रमा ९८, बाँके क्षेत्रमा ३४८ र बर्दिया क्षेत्रमा ४५५ वटा क्यामेरा प्रयोग भएका थिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















