Spread the love

पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिद्धबाबा मन्दिरमा बुधबार सिद्ध सरोवरबाट जल ल्याई अर्पण गर्ने कार्यक्रम गरिएको छ । योसंगै सिद्धबाबा मन्दिरमा साउन महिनाभर विशेष जलार्पण कार्यक्रम शुभारम्भ भएको छ ।

मन्दिरका सहायक पुरोहित पुरुषोत्तम बश्यालले साउन जलार्पणको महत्व प्रकाश पार्दै यसवर्ष श्रावण १३ गतेदेखि भदौ ७ गतेसम्म विभिन्न पवित्र तीर्थस्थलबाट जल ल्याई सिद्धबाबा मन्दिरमा अर्पण गर्ने कार्यक्रम तय गरिएको बताए । सिद्धबाबा मन्दिरमा अखण्ड बत्ति बल्ने, अखण्ड धुनी, निरन्तर रुद्राभिषेक, हवन हुने भएको हुदा उदय र अस्तसंगै कुनै प्रभाव नपर्ने दाबी गर्दै फल प्राप्ती हुने हुदा भक्तजनहरुको उल्लेख्य भिड रहने गरेको बताए ।

धार्मिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, पुरातात्विक तथा पर्यटन प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण मानिने यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले जलार्पण कार्यक्रमको निरन्तरता दिएकोसमितिका अध्यक्ष अरबिन्द पाण्डेले बताए । यसबाट मन्दिरको प्रचारप्रसार, धार्मिक पर्यटन प्रवद्र्धन तथा श्रद्धालु भक्तजनको आगमनमा वृद्धि हुने अपेक्षा रहेको उनले बताए । यसवर्ष साउन १३ गतेबाट सिद्धसरोवरबाट भूतखोला, साउन २१ गते रुरुक्षेत्र ऋषिकेश, साउन २७ गते अमावस्याका अवसरमा त्रिवेणी, भदौ ७ गते एकादशीका अवसरमा देवघाटबाट सिद्धबाबा मन्दिरसम्म जल चढाउने कार्यक्रम तया गरिएको उनले बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को आम्दानीखर्च तथा विभिन्न कार्यक्रमहरुको बारेमा समेत जानकारी दिईएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष शेरजंग थापा, सचिव विष्णु पाण्डेय, कोषाध्यक्ष तोया लम्सालले नया कार्यसमितिबाट मन्दिरको ब्यवस्थापनको लागि तयार गरिएको भावि योजनाका बारेमा जानकारी दिए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्