कपिलवस्तु,१३ साउन ।
कपिलवस्तु जिल्लको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिदा महाराजगञ्ज नगरपालिका–२ गैडहवा बस्ने पैदलयात्री १२ वर्षीय आनन्द कश्यप,महाराजगञ्ज नगरपालिका–३ गनौरिया विजयकुमार गुप्ता र महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय भोल्लर कुर्मी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















