Spread the love

बुटवल, ३ साउन ।

बी.पी. कोइराला अध्ययन प्रतिष्ठान, रुपन्देहीले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद –बीपी) कोइरालाको ४५औँ बीपी स्मृति दिवस तथा प्रतिष्ठानको १९औँ स्थापना दिवस एक साथ मनाएको छ ।

आइतबार बीपी बाटिकामा आयोजित कार्यक्रममा बीपीको शालिकमा माल्यार्पण गरी प्रतिष्ठान, रुपन्देहीका अध्यक्ष युवराज गिरीले मुलुकमा राजनीतिक ध्रुवीकरण बढिरहेको वर्तमान अवस्थामा बीपीले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको विचार झन् आवश्यक भएको बताए ।

उनले बीपीका विचारलाई व्यवहारमा उतार्दै समाजमा सहकार्य, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने धारणा राखे । त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य दीर्घबहादुर केसीले बीपीका विचार, सिद्धान्त र राजनीतिक योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठानका गतिविधिलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सचिव खिमानन्द भट्टराई को सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, कोषाध्यक्ष अर्जुन ढकाल, सदस्यहरू विमलराज भट्टराई, शशिधर घिमिरे लगायत प्रतिष्ठानका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्