रूपन्देही,३ साउन ।
तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानामा बग्ने रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार आइतबार बिहान तीन पुरुष र एक महिला खोलाको बीचभागमा फसेको सूचना प्राप्त भए लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो । उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















