Spread the love

काठमाडौं,२७ असार ।

काठमाडौंको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको बुद्धनगरका आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बताए ।

चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको प्रहरी प्रवक्ता भट्टराईले बताए । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको भट्टराईले बताए । उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको जानकारी दिए ।उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्