Spread the love

बुटवल, २७ असार ।

रुपन्देहीको कञ्चन गाउँपालिकाबाट ७ केजीभन्दा बढी लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार साँझ करिब ६ बजे कञ्चन गाउँपालिका–२ कटैयास्थित ४८ वर्षीय पाचु मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

कानुनबमोजिम घरको खानतलासी गर्ने क्रममा पूजा कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा ७ केजी १०० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजासहित मल्लाहलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सालझण्डीले लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्