Spread the love

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सोमबार बिहान सम्पन्न रोमाञ्चक भिडन्तमा हालान्ड नर्वेका नायक बने। उनले खेलको अन्तिम ११ मिनेटभित्र दुई गोल गर्दै ब्राजिललाई प्रतियोगिताबाट बाहिरिने अवस्थामा पु¥याए ।
खेलको ७९ औँ मिनेटमा आन्द्रेस सेलड्रुपको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले पहिलो गोल गरे।

त्यसपछि निर्धारित समयको ९० औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै नर्वेको ऐतिहासिक जित सुनिश्चित गरे । ब्राजिलले दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ भने पाँच पटकको विश्वविजेता ब्राजिल अन्तिम–१६ बाटै बाहिरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्