Spread the love

बुटवल, १८ असार ।
विभिन्न रक्त समुहको रगत अभाव भैरहेको बेला बुटवलका लायन्स क्लबहरुले संयुक्त रक्तदान गरेका छन । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी अन्तरगतका १३ वटा लायन्स क्लबहरूले वृहत रक्तदान कार्यक्रम गरेका हुन ।

लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज, तिलोत्तमा स्टार्स, मेट्रोसिटी, इलाइट, स्माटसिटि, शुभश्री, संसार, स्टार्स, इन्भारमेन्ट, मदरल्याण्ड, साउथ, रुपन्देही मदरल्याण्ड, लियो क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल संन्सारको संयुक्त सहकार्यमा ‘वृहत रक्तदान कार्यक्रम’ गरिएको छ ।

‎कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फस्ट भिडिजी मिना पन्थीले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सेवा भन्दै रक्तदाता सदस्यहरूलाई पिन लगाई सम्मान गरिन । धेरै युवाहरू पहिलो पटक रक्तदान गरेको अनुभव सुनाउँदै आगामी दिनहरूमा पनि नियमित रूपमा रक्तदान गर्ने सहभागीहरुले प्रतिबद्धता व्यक्त जनाए ।

‎‎कार्यक्रमले १३ क्लबहरूबीचको सहकार्य, समाजमा सकारात्मक सन्देश र सामाजिक उत्तरदायित्वप्रतिको चेतना झन् मजबुत बनाएको सहभागीहरूले बताएका छन्। आयोजकहरूले आगामी दिनमा अझ व्यापक रूपमा रक्तदान अभियान सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन् ।‎‎ बुधबार रक्तसंचार सेवा केन्द्रको प्राबिधिक सहयोगमा केन्द्रकै परिसरमा गरिएको रक्तदान कार्यक्रममा ९० पोईन्ट रगत संकलन भएको बुटवल स्टार्सका अध्यक्ष ढकेश्वर भट्टराईले बताए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का सचिव आशिष कृष्ण श्रेष्ठ, जिएसटि कोडिनेटर प्रकास श्रेष्ठ, एरिया ३ एरिया चिफ बैकुण्ठ श्रेष्ठ,पिआओ चिफ प्रकास भट्टराई ,लायन्स क्लब अफ बुटवल संसारका अध्यक्ष राजेश खत्रीले शुभकामना दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्