Spread the love

काठमाडौं । सरकारले शिक्षा दसौँ संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रसहित प्रशासन, सुरक्षा, सञ्चार र श्रमसँग सम्बन्धित विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको हो ।

सरकारले समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी ’एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएनजे)’ लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।
बैठकले नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली–२०८३ पनि स्वीकृत गरेको छ। साथै शिक्षा दसौँ संशोधन नियमावली–२०८३ लाई समेत पारित गर्दै शिक्षा क्षेत्रका कानुनी व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले राष्ट्रिय सदाचार नीति–२०८३ र राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत गरेको छ। सरकारले यी नीतिहरू सुशासन प्रवद्र्धन, सार्वजनिक नैतिकता सुदृढीकरण तथा विज्ञापन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ ल्याएको जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्