Spread the love

काठमाडौँ ।
गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको पाँचौँ मिनेटमा निर्णायक गोल गरेपछि ब्राजिलले पुनरागमन जित निकाल्दै जारी विश्वकपमा जापानलाई २–१ ले पराजित गरेको छ । यससँगै पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको निर्धारित समय सकिनै लाग्दा ब्राजिलले जापानको पेनाल्टी क्षेत्रनजिकै बल खोसेको थियो । ब्रुनो गिमाराइसले दिएको उत्कृष्ट पासलाई गाब्रिएल मार्टिनेलीले नियन्त्रण गर्दै पोस्टमा ठोक्काएर जाली चुमाएपछि ब्राजिलले रोमाञ्चक जित सुनिश्चित ग¥यो ।

जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । खेलमा अग्रता लिएको जापान दोस्रो हाफमा भने २ गोल खान पुग्यो । दानिलोको कमजोर पासलाई काइसु सानोले बीचमै खोसेर कासेमिरोलाई छक्याउँद शानदार प्रहार गरेका थिए ।

ब्राजिल दोस्रो हाफको खेलमा भने आक्रामक रूपमा फर्कियो । खेल पुनः सुरु भएको १० मिनेटपछि गाब्रिएलको पछाडिबाट आएको क्रसलाई कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । बराबरी गोलपछि ब्राजिलले लगातार आक्रमण गरिरह्यो । भिनिसियस जुनियरले एकल प्रयासमा दुई रक्षकलाई छल्दै गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीले पोस्टतर्फ फर्काएपछि ब्राजिल अग्रता लिनबाट वञ्चित भएको थियो । त्यसपछि जापानले खेलमा पुनः सन्तुलन कायम गरे पनि अन्तिम क्षणमा आओ तनाकाले आफ्नै पेनाल्टी क्षेत्रको छेउमा बल गुमाए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्