Spread the love

काठमाडौं, १६ असार ।
नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच सोमबार रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीमार्फत दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अघि बढाउने, नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण प्रवद्र्धन गर्ने तथा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्ने प्रतिबद्धता जनाएका छन् ।

एक समारोहका बिच ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आईप्यानका अध्यक्ष लक्ष्मण केसीका बिचमा समझदाररीपत्रमा हस्ताक्षण भएको हो । समझदारीअनुसार इक्यानका सदस्य संस्थाले आइप्यानअन्तर्गतका कलेज तथा शैक्षिक संस्थामा सञ्चालित कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययनका अवसर र करियरसम्बन्धी अद्यावधिक जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्नेछन् । यसबाट विद्यार्थी तथा अभिभावकलाई तथ्यपरक र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुवै संस्थाले क्षमता अभिवृद्धि, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने सहमति गरेका छन् । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि सहकार्य गरिनेछ ।

समझदारी हस्ताक्षर समारोहमा दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्